Harsamaya
महिलालाई अधिकार दिने कुरामा नेपाल धेरै अगाडि - सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा ।

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले महिलालाई अधिकार दिने कुरामा नेपाल अरु देशभन्दा धेरै अगाडि रहेको बताएका छन् । 

अन्तराष्ट्रिय नारी दिवसका अवसरमा कांग्रेस महिला विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले अरू देशमा अझै पनि महिलाहरूले अधिकार नपाइरहेको अवस्थामा नेपाल भने महिलाहरूलाई अधिकार दिने कुरामा अरु देशभन्दा धेरै अगाडी रहेको बताएका हुन् । 

उनले हरेक स्थानीय तहमा अनिवार्य रूपमा महिला प्रतिनिधित्वको व्यवस्था गरेको र देशभरिमा नै महिलाहरूलाई अधिकारसहित स्थान दिएको धारणा राखे । सभापति देउवाले आगामी दिनमा महिलाहरू राज्यका प्रभावकारी निकायमा पुग्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा कांग्रेस नेताहरूले महिलालाई थप अधिकारसम्पन्न बनाउनका लागि कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update