Harsamaya
कुलमान घिसिङको स्पष्टीकरणको जबाफ आएपछि पदबाट हटाउने/नहटाउने निर्णय हुन्छ - मन्त्री खड्का
ऊर्जामन्त्री दीपक खड्का ।

काठमाडौं - ऊर्जामन्त्री दीपक खड्काले कुलमान घिसिङको स्पष्टीकरणको जबाफ आएपछि पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय हुने बताएका छन् । 

शुक्रबार संसद भवनमा कुलमानलाई हटाउने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले स्पष्टकरणको जवाफ आएपछि निर्णय लिने जबाफ दिए । उनले नेपालमा भारतबाट बिजुली आयात गरिएका कारण लोडसेडिङ हट्न सफल भएको जिकिर गरे । 

भारतलाई समेत बिजुली आवश्यक भइरहेको अवस्थालाई नेपाललाई विद्युत् दिएर ठूलो सहयोग गरेको उनले बताए । प्राधिकरणका नाफाको विषय छानबिन भएपछि थाहा हुने उनको भनाइ छ ।

कुलमानको विषय व्यक्तिगत नभएर सरकारको विषय भएको भन्दै उनले कर्मचारीहरू अनुशासित हुनुपर्ने जिकिर गरे । 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update