Harsamaya
एमालेसँगको एकताको च्याप्टर क्लोज भएको छैन - वामदेव गौतम
कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम ।

काठमडौं - कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेसँगको एकताको च्याप्टर क्लोज भइनसकेको बताएका छन् । 

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै गौतमले एमाले अध्यक्ष केपी ओलीले बोलाए आफू वार्ता गर्न जाने भन्दै एकताको च्याप्टर क्लोज भइनसकेको बताएका हुन् । एमाले केन्द्रीय कमिटीले निर्णय गरेर एकता गर्ने निर्णय गरे आफू एमालेमा जाने उनले बताए । त्यसका लागि सम्मानजनक जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ ।

उनले नेपालको कम्युनिष्ट पार्टीहरूलाई एकता गर्ने आफ्नो अभियानलाई निरन्तर अघि बढाउने उल्लेख गरे । आफ्नो अभियानमा रहेका सदस्यहरूले एमालेमा समाहित हुन इच्छा देखाएकाले आफूले त्यही अनुसार छलफलमात्रै गरेको उनले बताए । 

गौतमले केही समयअघि माधव नेपालसँग पनि केही छलफल भएको तर एकताक बारे भने कुनै निर्णय नभएको जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update