Harsamaya
स्वर्गद्वारी गुठी पीडित भन्छन् - सरकारले हामीमाथि दमन गर्यो
स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति दाङका सल्लाहकार भरतलाल चौधरीलगायत माइतीघरको आन्दोलमा । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति दाङले आज पनि माइतीघरमा प्रदर्शन गरेको छ । स्वर्गद्धारी गुठीको जग्गा मोही किसानको नाममा रैतानी गर्ने गरी गुठी ऐन जारी गर्नुपर्छ भन्दै किसानहरूले प्रदर्शनी गरेका हुन् । 

3-1741342847.png

उनीहरूले माघ २० देखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । २०४५ साल देखि जिल्ला केन्द्रित आन्दोलन गर्दा पनि मागको सुनुवाइ नभएकाले काठमाडौं केन्द्रित आन्दोलन थालेको उनीहरूले बताए।  तर एक महिना बढी आन्दोलन गर्दा पनि सरकारले नसुनेको सङ्घर्ष समितिका सल्लाहकार भरतलाल चौधरीले गुनासो गरे । 

4-1741342879.png
काठमाडौंकेन्द्रित आन्दोलन सुरु भएपछि मुख्य राजनीतिक दलको पार्टी कार्यालयमा एक/एक दिन धर्ना दिएको उनले बताए । ‘नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको पार्टी कार्यलयमा धर्ना दिइसक्यौं’, उनले भने, ‘आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालयमा धर्ना दिएका छौं ।’ ठूला मानिसहरूसँग भेट्दा समस्या समाधान गरिदिने आश्वासन पाएपनि माग पुरा नभएको उनले गुनासो गरे । 

उनले प्रहरीलेपनि आफूहरूमाथि दमन गरेको बताए। ‘हामी किसान हौं हलो जुवा लिएर आन्दोलनमा जान्थ्यौं’, उनले भने, ‘त्यो पनि सरकारले खोस्यो अब ब्यानरमात्रै लिएर आन्दोलनमा छौं ।’ उनीहरूले मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानुनी व्यवस्था गरियोस्, विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्कासित मोहीको हक पुनर्स्थापित गरियोस् र किसानले बुझाउनु पर्ने रैतानी बापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गरियोस् माग राखेका छन् । 

2-1741342847.png
 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update