Harsamaya
महावीर पुनको सुझाब: कुलमानले उर्जामन्त्रीको क्षेत्रबाट चुनाव लड्नुपर्छ!
नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ र महावीर पुन।

काठमाडौं - नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई उर्जामन्त्री दीपक खड्काको चुनावी क्षेत्रमा चुनौती दिन महावीर पुनले सुझाब दिएका छन्।

सामाजिक सञ्जालमार्फत पुनले कुलमानलाई ‘दुःख दिने मन्त्री’लाई चुनावमा हराएर देखाउन हौसला दिएका हुन्। साथै, कुलमानलाई कमजोर अंक दिने सचिव तथा सहसचिवलाई उनले ‘-९९ नम्बर’को कडा आलोचना गरेका छन्। पुनले यस्ता विवेकहीन कर्मचारीले देश डुबाउने र नेताहरूलाई पंगु बनाउने बताएका छन्।

उनको भनाइ अनुसार, अब कुलमानले आगामी संघीय चुनावमा मन्त्रीकै क्षेत्रमा उठेर प्रत्यक्ष प्रतिस्पर्धा गर्नुपर्छ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update