Harsamaya
पाकिस्तानमा आतंकवादी हमलामा १९ को मृत्यु
पाकिस्तानको बन्नुमा आत्मघाती बम विष्फोटका पीडितहरूको लागि प्रार्थना सभामा सहभागी मानिसहरू, मार्च ५, २०२५।

लाहोर - पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तको एक क्यान्टोनमेन्ट क्षेत्रलाई लक्षित गरी आतंककारीले आक्रमण गर्दा १३ जना सर्वसाधारण र ६ जना आतंककारी मारिएका छन्। ३२ जना घाइते भएका छन्। 

केपी प्रान्तको बन्नु जिल्लामा सुरक्षा बलको समयमै प्रतिक्रियाका कारण आत्मघाती बमवर्षकसहित आतंककारीको समूहले क्यान्टोनमेन्ट क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेको थियो । तर पख्तुनख्वा सरकारका प्रवक्ता मोहम्मद अली सैफले उक्त प्रयास असफल भएको बताए। शक्तिशाली विस्फोटपछि नजिकैका भवनहरू र एउटा मस्जिदको छाना भत्किएको छ।

घटनापछि प्रहरी, सुरक्षा बल र उद्धार टोली घटनास्थल पुगेर घाइतेलाई जिल्ला सदरमुकामस्थित अस्पतालमा पुर्याएको छ।

अधिकांश घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ अस्पताल स्रोतका अनुसार जिल्लाका सबै अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरिएको छ । सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै तहरिक-ए-तालिवान पाकिस्तानको हाफिज गुलबहादुर समूहले आक्रमणको जिम्मेवारी लिएको छ। 

पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले आतंकवादी हमलाको कडा निन्दा गर्दै रमजानको पवित्र महिनामा भएको यस आक्रमणलाई जघन्य कार्यका रूपमा वर्णन गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update