चन्द्रागिरिमा रहेको कवाड कारखानामा आगलागी

काठमाडौं - काठमाडौंको चन्द्रागिरिमा रहेको कवाड कारखानामा आगलागी भएको छ। चन्द्रागिरि नगरपालिका–१० बोसीगाँउस्थित आरएमबी प्लाष्टिक प्याकेजिङ हाउस (कवाड कारखानामा) मा आज आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।
पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रुपमा सञ्चालन गरेको सो कारखानामा आगलागी भएको हो। आगलागी नियन्त्रणमा आएको प्रवक्ता बोहराले जानकारी बताए।
आगो निभाउन सशस्त्र प्रहरी बल तथा स्थानीय समेत खटिएका थिए। कवाड कारखाना जलेर नष्ट भएको तथा क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए । आगो निभाउन सातवटा दमकल तथा १५ पानी ट्याङकर प्रयोग गरिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१ ०९:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय