क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला

काठमाडौं - क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले निष्कास गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य १०० रुपैयाँका १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो। कम्पनीले निष्कासन गरेको आईपीओमा फागुन २२ देखि २६ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको उक्त सेयर खरिद गर्न इच्छुकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड लगानीकर्ताले क्लियरिङ लिमिटेडको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी न्यूनतम १० देखि अधिकतम १०० हजार कित्तासम्मका लागि आवेदन सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१ ०९:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय