
बारा - बारा सदरमुकाम कलैया बघवन सडक खण्डमा आज बिहान यात्रुवाहक बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक रौतहटका एक युवकको मृत्यु भएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको फतुवा बिजयपुर नगरपालिका ५ बरगिनियाका ३५ वर्षाीय अनिल प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
आज बिहान सवा ३ बजे कलैया बघवनस्थित बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको ना ६ ख ५०६७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३९ प ७३६७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खादा मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए।
उनलाई प्रादेशिक अस्पताल कलैयामा उपचारको लागि लागिएकोमा डाक्टरले चेक जाँच गर्दा मृत्यु भइसकेको घोषणा गरेका थिए ।
मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालको शव गृहमा राखिएको तथा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ