Harsamaya
पाङ्ग्रा बिना बुद्ध एयर काठमाडौं आएपछि... 
बुद्ध एयरको विमान ।

काठमाडौं - जनकपुरबाट आएको बुद्ध एयरको एउटा विमान पाङ्ग्रा बिनानै काठमाडौंमा सकुशल अवतरण गरेको छ । बिहीबार अपरान्ह जनकपुरबाट काठमाडौंका लागि आएको उक्त विमानको अगाडिका दुईमध्ये एक पाङ्ग्रा बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए  । 

उनले भने,  ‘एक पाङ्ग्रा नहुँदा पनि जहाज सकुशल अवतरण भएको छ । यो खासै ठूलो समस्या भने होइन तर पाङ्ग्रा हराएकोबारे जाँचबुझ भइरहेको छ ।’

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने जनकपुरबाट काठमाडौं उडान नं ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाडौंमा सुरक्षित अवतरण गरेको बताए । जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाजलाई प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update