Harsamaya
मैतीदेवीको वेणुगोपाल मन्दिर उद्घाटन (तस्वीरसहित)
काठमाडौं महानगरपालिका-२९ मैतीदेवीचोकस्थित गोदा वेणुगोपालको नवनिर्मित मन्दिर।

काठमाडौं - प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले काठमाडौं महानगरपालिका-२९ मैतीदेवीचोकस्थित गोदा वेणुगोपालको नवनिर्मित मन्दिर उद्घाटन गरेका छन् । प्रधानन्यायाधीश राउतले बुधबार विशेष धार्मिक अनुष्ठानबीच उक्त मन्दिर उद्घाटन गरेका हुन् ।

मन्दिरमा २६ फागुनसम्म आयोजना हुने कार्यक्रमअन्तर्गत गोदा वेणुगोपाल भगवान्को प्राणप्रतिष्ठा एवं महासम्प्रोक्षण अनुष्ठान गर्ने कार्यक्रम छ। अनुष्ठान तोताद्रिमठका पीठाधिपति श्री १००८ रामानुज जियर स्वामीजीको प्रमुख आचार्यत्वमा सम्पन्न हुनेछ ।

०२२ मा वैकुण्ठवासी श्री १००८ श्री निवासाचार्य स्वामीजीले स्थापना गरेको मन्दिर ०७२ को भूकम्पमा क्षतिग्रस्त भएको थियो। भूकम्पले क्षति भएको मन्दिर संघ, प्रदेश, स्थानीय तहका सरकार र भक्तजनको सहयोगमा करिब १६ करोड लागतमा पुनर्निर्माण गरिएको हो । मन्दिरमा आठ सयजना बस्न मिल्ने धर्मशाला, गौशाला, यज्ञकुण्ड छन् ।

9-1741246199.png
1-1741246161.png
2-1741246181.png
6-1741246176.png
10-1741246348.png
11-1741246346.png
16-1741246525.png
5-1741246536.png
13-1741246542.png

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update