शहीदका सन्तानलाई छात्रवृत्ति दिने

काठमाडौं - शहीद प्रतिष्ठान नेपालले शहीदका सन्तानलाई छात्रवृत्ति दिने भएको छ । गोरखापत्रमा बिहीबार एक सूचना जारी गर्दै प्रतिष्ठानले नेपालको कुनै पनि विश्वविद्यालयमा स्नातकोत्तर तहको शोधकार्य गरिरहेका एकजना शहीद सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने उल्लेख गरेको हो ।
इच्छुक शहीद सन्ततिले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको ढाँचामा आवेदन पेश गर्न अनुरोध गरेकव छ ।
छात्रवृत्ति सम्बन्धमा विस्तृत जानकारीका लागि फोन नं.:- ०१-५१७२७०९ र इमेल [email protected], www.shahidpratisthan.org.np सम्पर्क गर्न प्रतिष्ठानले भनेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१ १२:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय