Harsamaya
सुनको भाउमा उकालो: तोलाको १ लाख ७० हजार ७०० रुपैयाँ पुग्यो!
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली सुन बजारमा बिहीबार फेरि मूल्यवृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ७०० रुपैयाँ पुगेको छ।

यसअघि, बुधबार तोलाको १ लाख ७० हजार ४०० रुपैयाँ मा कारोबार भएको सुन आज उकालो लागेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। बिहीबार चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ, जुन बुधबार १ हजार ९५० रुपैयाँ थियो।

सुनचाँदीको मूल्य बढ्नुका कारण अन्तर्राष्ट्रिय बजारको प्रभाव रहेको बताइन्छ। मूल्य अझै बढ्ने अनुमान गरिएको छ, जसले बजारलाई थप तरंगित बनाएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update