Harsamaya
आठ वर्षपछि भूतपूर्व सैनिक संघ महाधिवेशन हुँदै, आज उद्घाटन
कांग्रेस केन्द्रीय कार्यालय सानेपा ।

काठमाडौं - कांग्रेस भ्रातृसंस्था नेपाल भूतपूर्व सैनिक संघको आठ वर्षपछि महाधिवेशन हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन उद्घाटन गर्नेछन् । 

महाधिवेशन २४ फागुनमा समापन हुनेछ । संघको २३ जेठ ०७३ पछि महाधिवेशन भएको छैन । महाधिवेशनका लागि १२ मंसिर ०८० मा मेघराज टण्डनलाई तदर्थ समिति संयोजकको जिम्मेवारी दिइएको थियो । तर, महाधिवेशनमा अलमल भएसँगै सुनिश्चितताकका लागि केन्द्रीय सदस्य एनपी साउदलाई निर्देशन समिति संयोजकको जिम्मेवारी दिएको थियो । संघ कांग्रेसको महाधिवेशन गर्ने चौथो भ्रातृसंस्था बनेको छ ।

गत १९ असारमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले कार्यादेशसमेत तय गरेर संघसहित महाधिवेशन हुन बाँकी १० भ्रातृसंस्थाको महाधिवेशन सुनिश्चित गर्न निर्देशन समिति बनाउने निर्णय गरेको थियो । कांग्रेसले पछिल्लोपटक १५ असारसम्म म्याद थप गरिएकोमा सबै भ्रातृसंस्थालाई चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ । 

०७८ मा भएको कांग्रेसको १४औं महाधिवेशनसँगै संघीय संरचनाअनुसार पार्टीका संरचना बनाएको थियो । तर, भ्रातृसंस्थाका संघीय संरचना अझै बन्न सकेका छैनन् । अधिकांशको अधिवेशन नभएको नौ वर्षभन्दा बढी भइसकेको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update