Harsamaya
मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार बर्खास्त
उपकुलपति डा. वैजनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुर।

जनकपुरधाम - मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई बर्खास्त गर्ने निर्णय भएको छ। जनकपुरधाममा भएको विश्वविद्यालयको सभाबाट उपकुलपति डा. वैजनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई बर्खास्त गर्ने निर्णय भएको हो।

नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिले असोज ७ गते बुझाइएको प्रतिवेदनको आधारमा दुवै जना विश्वविद्यालयको अनधिकृत गतिविधिमा संलग्न रहेको पाइएकाले विश्वविद्यालय सभाले दुवैलाई बर्खास्त गर्ने निर्णय भएको एक सदस्यले बताए। 

सभामा विश्वविद्यालयका  कुलपति समेत रहेका मुख्यमन्त्री सतिशकुमार सिंह, सहकुलपति शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीलगायत विश्व विद्यालय सभाका पदाधिकारी तथा सदस्यहरू सहभागी थिए । चालु आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम समेत सभाबाट पास भएको छ ।

यसअघि १६ पुसमा जनकपुरमा भएको विश्व विद्यालयको सभामा समेत उपकुलपति महतो र राजिष्ट्रार ठाकुरलाई बाहिर निकालिको थियो । जसपा नेपाल र जनमतबीचको विवादको भुमरीमा मधेश कृषि विश्व विद्यालय फँसेको छ। ८ माघ २०८० मा विश्वविद्यालयको भवन शिलान्यासको विषयमा जसपा र जनमतबीच भएको विवाद भएको थियो। लामो समयदेखि सभा नहुँदा विश्वविद्यालयमा आर्थिक कारोबार ठप्प रहेको छ । जसको कारण विश्वविद्यालयका पदाधिकारी कर्मचारीले तलबभत्ता खान पाएका छैनन् ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update