
नवलपुर - वन्यजन्तुको आक्रमणमा परेर नवलपुरमा पाँच जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको आठ महिनामा अन्य छ जना घाइते भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट आठ महिनाको अवधिमा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत अविनाश थापामगरले जानकारी दिए ।
मृत्यु हुनेमा विनयीत्रिवेणी-१ का जितबहादुर थिङ, कावासोती-७ का शुकबहादुर बोटे, मध्यविन्दु-६ का नाथुराम महतो र देवचुली-१ की राममाया सोती छन् । उनीहरूमध्ये थिङको मृत्यु बाघको आक्रमणबाट भएको हो भने अन्य तीनलाई गैंडाले आक्रमण गर्दा मृत्यु भएको सूचना अधिकारी थापाले बताए । यसै गरी गैंडाको आक्रमणबाट मध्यविन्दुका सर्वजित मगर, टिकी कुमाल, कावासोतीका निरन्जन महतो र देवचुलीकी कुमारी आलेमगर घाइते भएका छन् ।
यस अवधिमा डिभिजन वन कार्यलयको सेवा क्षेत्र अर्थात् निकुञ्ज र मध्यवर्ती क्षेत्रबाहिर एक जनाको मृत्यु र दुई जना घाइते भएका छन्। डिभिजन वन कार्यालयका अधिकृत शिशिर लम्सालका अनुसार गैंडाले आक्रमणमा परेर दोलखाका कृष्णप्रसाद दाहालको मृत्यु भएको थियो भने दोलखाकै प्रदीप न्यौपाने र गैंडाकोटका नेप्टेबहादुर कुमाल घाइते भएका थिए ।
सामुदायिक वनभित्र वन्यजन्तुको वासस्थानलाई व्यवस्थित र प्रभावकारी नभएकाले मानव-वन्यजन्तु मध्यवर्ती, डिभिजन वन कार्यालयले वन क्षेत्रमा द्वन्द्व बढेको संरक्षणकर्मी बताए ।