Harsamaya
नवनियुक्त ५ राजदूतले लिए पद तथा गोपनीयताको शपथ
राष्ट्रपति पौडेलले रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फे र भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मालाई शपथ गराउँदै।

काठमाडौं - नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशमा नवनियुक्त नेपाली राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति पौडेलले रुसका निम्ति नेपाली राजदूत जंगबहादुर चौहान, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका निम्ति नेपाली राजदूत शनिल नेपाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फे र भारतका निम्ति नेपाली राजदूत डा. शंकरप्रसाद शर्मालाई शपथ गराएका हुन् ।

शपथग्रहण समारोहमा सरकारका उच्चपदस्थ अधिकारीको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update