पूर्वराजा शाहले गरे बागलुङ कालिका भगवती मन्दिरमा पूजा

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार कालिका भगवती मन्दिर बागलुङमा पूजा–अर्चना गरेका छन् ।
बुधबार शाहले कालिका मन्दिरमा पुगेर दर्शन तथा पूजापाठ गरेक छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाका नेता, कार्यकर्ता, सर्वसाधारण, शुभेच्छुक तथा समर्थकहरूले स्वागत गरेका छन । उनीहरूले ‘राजा आउ देश बचाऔं’, ‘हाम्रो राज प्राणभन्दा प्यारो छ’, ‘हिन्दु राज्य कायम होस’, लगायतका नारा लगाएका थिए ।
पूर्व राजा शाहले आफना शुभेच्छुकसंग संवाद समेत गरेका थिए । उनको धार्मिक स्वागतको लागि भन्दै विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष जब्बर बहादुर लामिछानेको नेतृत्वमा ५ सय १ सदस्यीय नागरिक स्वागत मूल समारोह समिति समेत गठन गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१ १५:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय