सुनको मूल्य कति पुग्यो ?

काठमाडौं - नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रति तोला ९०० सय रुपैयाँले बढेर १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ६९ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।
यता, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १९ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ४० रुपैयाँ कायम रहेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१ १२:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय