प्रतिनिधिसभाको बैठक आज बस्दै, अध्यादेश पेश गरिदैं

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
अपरान्ह १ बजेदेखि शुरु हुने बैठकमा सरकारले यस अघि संसदमा पेश गरेका विभिन्न पाँच अध्यादेशमाथि छलफल र स्वीकृतीका लागि पेश हुने संघीय संसदले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
सरकारले आज यस अघि जारी गरिएको भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेश गर्ने भएको हो ।
सरकारमा रहेका सत्तारुढ दलहरूबीच सोमबार साँझ भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य अध्यादेश स्वीकृति गराउने सहमति भए बमोजिम संसदमा आज यी अध्यादेशहरू स्वीकृतिका लागि पेश हुने भएका हुन् ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१ ०७:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय