Harsamaya
कस्तो छ आजको मौसम ?
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम  सफा रहेको छ ।

आज हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा सफा रहने सम्भावना रहेको छ  ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update