Harsamaya
पाल्पाको लेक सामुदायिक वनमा डढेलो 
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

पाल्पा - जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन  र वडा नं २ को लेक सामुदायिक वनमा डढेलो लागेको छ । मंगलबार अपराह्नदेखि लागेको आगो निभाउने प्रयास जारी रहे पनि पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको रिब्दीकोट गाउँपालिका–१, ख्याहाका वडाध्यक्ष चीरञ्जीवी पोखरेलले जानकारी दिए।  

आगो नियन्त्रण नहुँदा ख्याहाको गैरीगाउँ र देउरालीको डम्बक, लघुवा गाउँ जोखिममा रहेको उनले जानकारी दिए । 

यहाँ सल्लाको जङ्गल भएकाले आगोले उग्र रूप लिएको छ । डढेलो नियन्त्रणका लागि तानसेन नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, सब–डिभिजन वन कार्यालयका कर्मचारी, स्थानीय बासिन्दा र  जनप्रतिनिधि खटिएका छन् । 

दुई वटा सामुदायिक वनको करिब १० हेक्टर डढेलोले सखाप पारिसकेको डिभिजन वन कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  २२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update