मोटरसाइकलको सिटमुनी लुकाएर राखेको अफिमसहित दुई जना पक्राउ

रौतहट - बाराको अमलेखगन्जस्थित प्रहरी गस्ती टोलीले अढाई किलो लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।
मंगलबार बिहान अमलेखगन्ज चौकमा हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको प्र.३-०३-००२ प ८११ नम्बरको मोटरसाइकललाई जाँच गर्दा सिटमुनी लुकाएर राखेको अढाई किलो अफिम बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता विजयराज पण्डितले बताएका छन्।
मोटरसाइकल चालक चितवन कालिका नगरपालिका-३ का ५० वर्षीय सञ्चलाल वाइबा र पछाडि सवार हेटौँडा उप-महानगरपालिका-३ का ४८ वर्षीय हिरालाल वाइबा पक्राउ परेको पण्डितले जानकारी दिएका छन्।
अफिम तीन वटा पोकामा थिए। इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट वरिष्ठ सई टेकबहादुर कार्कीको कमाण्डमा गएको टोलीले सूचनाको आधारमा मोटरसाइकललाई चेकजाँच गरेको थियो।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१ १८:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय