संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई कांग्रेसको ह्वीप

काठमाडौं - नेपाली कांग्रेसले बुधबार बस्ने संसदको बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।
बुधबार बस्ने बैठकमा सरकारले ल्याएका अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका हुन् ।
सरकारले जारी गरेका ६ अध्यादेश मध्ये भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य पाँच अध्यादेश अगाडी बढाउन सत्तारुढ दलहरूबीच सहमति भएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१ १६:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय