Harsamaya
थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी
काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेपछि सडक भासिएको छ । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।

यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो । यसपटक भने समस्या समाधान छिटो गरिएको छ । 

पाइप फुटेको थप कारणका बारेमा अध्ययन भइरहे पनि प्रारम्भिक रूपमा पानीको चाप धेरै भएकाले फुटेको हुन सक्ने लिमिटेडका प्रवक्ता प्रकाशकुमार राई । बिहान पाइप फुटेदेखि लिमिटेडको प्राविधिक समूहले थापाथली क्षेत्रमा अध्ययन गरिरहेको छ । 

थापाथलीमा फुटेको पाइपलाई अहिले लिमिटेडले व्यवस्थापन गरिसकेको छ । त्यस क्षेत्रमा केही दिनमा पूर्ववत् अवस्थामाझैँ पानी वितरण गरिने प्रवक्ता राईले बताए । 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update