Harsamaya
गण्डकी प्रदेश: एक लाख किशोरीले लगाए क्यान्सरविरुद्धको खोप 
क्यान्सरविरुद्धको खोप।

काठमाडौं - गण्डकी प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानले नयाँ सफलता हासिल गरेको छ। माघ २२ देखि फागुन ६ सम्म सञ्चालन गरिएको अभियानमा एक लाख दुई हजार ४८ किशोरीहरूले खोप लगाएका छन्।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार ६ देखि १० कक्षामा अध्ययनरत किशोरीहरूको लागि सञ्चालन गरिएको खोप अभियान मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा सम्पन्न भएको हो। कास्कीमा सबैभन्दा बढी २४ हजार ८७१ किशोरीहरूले खोप लगाएका छन् । स्याङ्जा, तनहुँ, गोर्खा लगायतका जिल्लामा पनि उल्लेखनीय संख्या पुगेको छ।

गण्डकी प्रदेशभर १ हजार ४१० सामुदायिक विद्यालय र ४७६ संस्थागत विद्यालयका किशोरीहरूलाई खोप लगाइएको थियो  ।  यस अभियानले गण्डकी प्रदेशका किशोरीहरूलाई क्यान्सरबाट बचाउन ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update