Harsamaya
कालीगण्डकी कोरिडोर अन्तर्गत नयाँ कालोपत्र: माझीबस्ती–खनियाघाट र बोक्से–सिगाना सडकमा सुधार
प्रतिकात्मक तस्वीर: हर समय/ Har Samaya

म्याग्दी - मालढुंगा-बेनी सडक अन्तर्गत माझीबस्ती-खनियाघाट खण्डमा कालोपत्र भएको छ ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो ।  कुश्मा नगरपालिका-१ माझी बस्तीबाट जलजला गाउँपालिका-८ खनिया घाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो । 

तेह्र किलोमिटर लामो बेनी-मालढुंगा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु. ५२ करोड ८६ लाखमा निर्माण व्यवसायीसँग  सम्झौता भएको आयोजनाका सब इञ्जिनियर सोहनजंग कार्कीले बताए ।

विभिन्न स्थानमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार,  ‘सवबेस’, ‘बेस’ राख्ने र ‘ग्रेडिङ’ जारी छ । यसैबीच, बागलुङको गलकोटबाट रासस प्रतिनिधिले सम्प्रेषण गरेको समाचारअनुसार बोक्से–सिगाना सडक पनि धमाधम कालोपत्र भइरहेको छ । 

दश किलोमिटर सडकमध्ये पहिलो चरणमा छ किमी कालोपत्र गर्न बोक्सेबाट काम सुरु भएको हो । आगामी चैतसम्ममा छ कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ  धमाधम काम भइरहेको छ । दश किमी कालोपत्र गर्न रु. २९ करोड ३७ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको हो । 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update