
काठमाडौं - हिमालय एअरलाइन्सले आगामी चैत १८ गतेदेखि पोखरा र ल्हासाबिच साप्ताहिक उडान सेवा सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँ-ल्हासा - पोखरा-ल्हासा-काठमाडौँ सेक्टरमा नयाँ उडानको शुरुआतसँगै दुई देशका नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने र पर्यटन तथा व्यापारको प्रवर्धन गर्ने उद्देश्य रहेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले बताएका छन्।
यो उडान काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८:३० बजे उडान भर्नेछ र ल्हासा गोङ्गर विमानस्थलमा स्थानीय समय अनुसार १२:०५ बजे अवतरण हुनेछ। पोखरा-ल्हासा उडानमा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८:२० बजे उडान भइ सोही दिन ल्हासा पुग्ने छ।
यसले पर्यटन र व्यापारमा नयाँ सम्भावनाहरू सिर्जना गर्दै नेपालको पर्वतीय क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउन मद्दत पुर्याउनेछ।