सप्तरीमा जबरजस्ती करणीको आरोपमा १९ वर्षीय युवक पक्राउ (विज्ञप्तीसहित)

सप्तरी - जिल्ला प्रहरी कार्यालय सप्तरीले १९ वर्षीय सुमितकुमार यादवलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको छ ।
घटना फागुन १५ गते राति महादेवा गाउँपालिका-३ स्थित यादवको घरमा घटित भएको हो। राति १० बजे पिसाब गर्न बाहिर निस्किएका १५ वर्षीय नाबालिकालाई आरोपित यादवले जबरजस्ती आफ्नो किराना पसलमा लगेर करणी गरेको र त्यसपछि फरार भएको प्रहरीको भनाइ छ।
प्रहरीले आरोपी यादवलाई महादेवा-३ बाट पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान थालिसकेको जनाएका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदय राईले घटनाको थप अनुसन्धान जारी रहेको बताए।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१ ११:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय