
काठमाडौं - नेपाल राष्ट्र बैङ्कले बैंक र वित्तीय संस्थाहरूलाई आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म विदेशी मुद्रा (ननडेलिभरेबल फरवार्ड) राख्न अनुमति दिएको छ। यसअघि १५ प्रतिशतको सीमा रहेकोमा, राष्ट्र बैङ्कले आगामी सुधारका क्रममा ५ प्रतिशतले वृद्धि गरेको छ।
यो निर्णय राष्ट्र बैङ्कको एकीकृत परिपत्र - २०८० मा संशोधन गर्दै गरिएको हो। जसका आधारमा बैंक र वित्तीय संस्थाहरूलाई विदेशी मुद्रा राख्ने दायरा थप व्यापक बनाइयो। सोमबार जारी भएको सर्कुलरअनुसार, राष्ट्र बैङ्कको विदेशी विनिमय व्यवस्थापन विभागले यो व्यवस्था लागू गरेको हो।
यो परिवर्तनले बैंक र वित्तीय संस्थाहरुलाई विदेशी मुद्रा कारोबारमा थप लचिलोपन दिने अपेक्षा गरिएको छ । जसले मुलुकको विनिमय दरको व्यवस्थापनलाई बलियो बनाउनेछ। राष्ट्र बैङ्कका अनुसार यो निर्णय नेपालको मौद्रिक नीति र विदेशी मुद्रा बजारमा सुधार ल्याउने दिशामा एक महत्वपूर्ण कदम हो।
परिपत्र :-