Harsamaya
‘अञ्जिला’ फागुन २९ गतेदेखि प्रदर्शन हुँदै
चलचित्र ‘अञ्जिला’

चितवन - धेरै फिल्महरू माया, प्रेम र राष्ट्रभक्ति एवं सामाजिक कथावस्तुमा आधारित भएर बन्ने गर्छन् । चलचित्र ‘अञ्जिला’ भने फुटबल खेलाडीको जीवन कथामा आधारित रहेर बनाइएको छ, जुन यही फागुन २९ गतेदेखि प्रदर्शन हुँदैछ । 

खेलाडीलाई प्रोत्साहन गर्नका लागि नेपाली महिला फुटबल टीमकी कप्तान अञ्जिला तुम्बापो सुब्बको जीवनीमा आधारित चलचित्र अञ्जिला निर्माण गरिएका निर्देशक मिलन चाम्सले जानकारी दिए । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले खेलाडीको जीवनमा आधारित चलचित्र निर्माण गर्दा चल्दैन कि भन्ने डर रहे त्यसो नहुनेमा आशावादी भएको बताए ।पछिल्लो समय देश, विदेशबाट राम्रो प्रतिक्रिया पाएकाले आफू उत्साहित भएको उनले बताए । 

चलचित्रमा कलाकार दयाह्याङ राई, सुनिल थापा, मावत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, सृजना सुब्बालगायतले अभिनय गरेका छन् । । फुटबलरका रूपमा अञ्जिलाले पाएको दुःख र गरेको प्रगतिमा चलचित्र केन्द्रित छ । 

निर्माता प्रेमकुमार श्रेष्ठले चलचित्र निर्माण गरेका हुन् ।  अञ्जिला हाल ग्रिसको निस अट्रोमिटौबाट ग्रिक महिला ‘ए’ डिभिजन लिगमा खेल्दै गरेको त्यस अवसरमा जनाइएको थियो ।  
 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update