थापाथलीमा मेलम्चीको पाइप फुट्यो

काठमाडौं - थापाथलीमा मेलम्चीको पाइप फुटेर बाढी आएको छ । थापाथलीबाट प्रसुतिगृह जाने सडक खण्डमा सवारी अवरुद्ध भएको छ । बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको थियो ।
थापाथलीमा के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन । अहिले खानेपानी पानी बन्द गरिएको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । पाइप फुट्दा सडकमै दुई मिटर चौडाइ र दुई मिटर गहिरो खाल्डो परेको प्रहरीले जनाएको छ ।
यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१ ०६:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय