Harsamaya
सर्लाहीमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सर्लाही - चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा  स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

आज बिआर ३० प १७०३ नंको स्कारपियो दुर्घटना हुँदा घाइते भएका चालक ४० वर्षीय अमितकुमार अधिकारीको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । बेल्ही निवासी अधिकारीको प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपछि ट्रमा सेन्टर पठाइएको थियो । 

उनको उपचारकै क्रममा मृत्यु भएको आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update