रारा घुम्न आएका पर्यटकको मृत्यु

मुगु - रारा ताल घुम्न आएका काभ्रेका ५४ वर्षीय भुवन विश्वकर्माको लेक लागेर मृत्यु भएको छ। आइतबार राति श्वास फेर्न समस्या भएपछि अस्पताल गए पनि, चिसो मौसम र अक्सिजनको कमीले उच्च हिमाली क्षेत्रमा लेक लागेर उनको सोमबार बिहान ज्यान गएको हो ।
विश्वकर्मासहित २५ जनाको टोली रारा पुगेको थियो । उनी मोटोपन र दमका दीर्घरोगी थिए। चिकित्सकका अनुसार, चिसो र अक्सिजनको कमीले काडियो प्रमोनरी एरेष्ट (श्वास रोकावट) भएको हो।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१ १२:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय