Harsamaya
देउवा रूपन्देही, शेखर विराटनगर – कांग्रेसमा चिसोपन झल्किँदै
सभापति शेरबहादुर देउवा र कांग्रेस वरिष्ठ नेता डा शेखर कोइराला ।

काठमाडौं - नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष पुनः सतहमा देखिएको छ। सभापति शेरबहादुर देउवा सोमबार रूपन्देही पुगेका छन् । जहाँ कांग्रेस सूचना तथा सञ्चार विभागको प्रशिक्षण कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी छन्।

देउवासँगै उनकी पत्नी एवं परराष्ट्रमन्त्री आरजु राणा देउवा, उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य बालकृष्ण खाँणलगायत नेता भैरहवा पुगेका थिए।

तर, पार्टीका अर्का प्रभावशाली नेता डा. शेखर कोइराला भने प्रशिक्षण कार्यक्रममा सहभागी नबन्ने भएका छन्। पोखराको अघिल्लो प्रशिक्षणमा नबोलाइएको असन्तुष्टिका कारण उनले रूपन्देहीको कार्यक्रममा नजाने निर्णय लिएको बताइन्छ। यसबीच, कोइराला विराटनगर लागेका छन् । जहाँ उनले आफ्नै राजनीतिक अभियानलाई तीव्रता दिने संकेत गरेका छन्।

कांग्रेसभित्रको यो चिसोपनले १५औं महाधिवेशनअघि शक्ति संघर्ष झन् चर्किने देखिन्छ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update