प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं - प्रि ओपन सेसनमा नेप्से सूचक ९.९४ अंकले बढेको छ । यससँगै सूचक २९००.२३ विन्दुमा आएको छ। १ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
९५ कम्पनीको ३० हजार ९ सय ४३ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २ सय ५० वटा कारोबार भएको हो । ६२ कम्पनीको मूल्य बढ्दा २५ वटा भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१ ११:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय