एन्फामा विवाद चुलिँदै: पूर्व अध्यक्ष गणेश थापाद्वारा महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा उजुरी (विज्ञप्तिसहित)

काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद फेरि सतहमा आएको छ। पूर्व अध्यक्ष गणेश थापाले एन्फाका महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन्।
थापाले राईले सार्वजनिक रूपमा दिएको एक अन्तर्वार्तामा आफूले १७ करोड रुपैयाँ हिनामिना गरेको आरोप लगाएको भन्दै त्यसलाई सच्याउन र आत्मालोचना गर्न अनुरोध गरेका थिए। तर, महासचिव राईले आफ्नो भनाइ नसच्याएपछि आफू कानुनी कारबाही अघि बढाउन बाध्य भएको थापाले बताएका छन्।
एन्फाभित्रका आन्तरिक विवादहरू समय-समयमा सतहमा आउने गरेका छन्। यस घटनाले नेपाल फुटबलको प्रशासनिक पाटो अझै अस्थिर रहेको संकेत दिएको छ। अब साइबर ब्युरोले यस विषयमा के निर्णय लिन्छ भन्ने चासो बढेको छ।
विज्ञप्ती :-
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१ ०९:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय