यस्तो छ आजको मौसम

काठमाडौं - हाल देशमा उल्लेखनिय मौसम प्रणालीको प्रभाव छैन। देशका पहाडी भू-भागमा आंशिक बदली रही बांकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर मौसम मुख्यतया सफा रहेको बताएको छ । दिउँसो कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।
राति सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१ ०७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय