
आज मिति २०८१ फागुन १९ गते सोमबार ।
मेष
नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ। हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेवारीका लागि समय छुट्याउनु पर्ने हुन्छ । इच्छानुसार कार्य सम्पन्न हुँदै जाँदा प्रसन्नतामा वृद्धि हुने दिन हो । तर जुनसुकै कुरामा हडबड र शीघ्रता नगर्नु राम्रो हुन्छ । क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ ।
बृष
परिबन्द वा बाध्यतामा धन खर्च हुने दिन हो । साथै मानप्रतिष्ठा र सम्मानमा पनि आघात पुग्न सक्छ । जोखिम र रिस्कमा कुनै काम नगर्नु होला । साथै जिम्मेवारीप्रति पनि हेलचेक्र्याइँ गर्नु हुँदैन । कुविचार, भ्रम, चिन्ता र शंका मँडारिने समय छ । त्यसैले लक्ष्यप्रति सचेत हुनुपर्छ। सानातिना र बेकारका कुराहरूमा अलमलिनु राम्रो होइन । पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोला, नत्र आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन हो ।
मिथुन
मोटो धनमाल हातपार्ने समय हो, इच्छा पूर्ति गर्न वा शारीरिक सुख प्राप्त गर्ने बहानामा केही धन खर्च पनि हुनेछ । जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ । बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ । दाजुभाइ र दिदीबहिनीसँग सहायता आदान/प्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ ।
कर्कट
कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ । परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । कर्तव्यप्रति सचेत हुने तथा जिम्मेवारी बोध हुने राम्रो दिन छ । सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ । अझ समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउन सक्नुहुन्छ । सिनियर स्टाफलाई रिझाउन सकिने छ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो ।
सिंह
शरीर हलुका र मन प्रसन्न रहनेछ । लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन । भेटघाटको अनुकूलता मिल्नेछ । सिर्जनात्मक काम गर्नाले धन, मान र प्रतिष्ठा बढ्ने दिन हो । धर्मरअध्यात्म र परोपकारी कामतर्फ मन आकर्षित बन्नसक्छ । जग्गाजमिन, ढुवानी, निर्माण सामाग्री आदि व्यवसाय छ भने राम्रो हुन्छ । आज कारोबारका अतिरिक्त धार्मिक/पारम्परिक काममा पनि संलग्न हुन सक्नुहुन्छ ।
कन्या
लड्ने वा चिप्लने डर भएकाले सचेत हुनुपर्ने दिन हो । घरपरिवारमा सम्पर्क राखी खरखाँचोका बारेमा पनि जानकारी बटुल्नु ठीक हुन्छ । नयाँ लगानीका निमित्त उपयोगी दिन छैन। त्यस्तै सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला । नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्न सक्छ । जीवनसाथी वा परिवारका सदस्यसँग ठास्सठुस्स र मतभेद बढ्ने समय हो । आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ ।
तुला
कार्यक्षेत्रमा उच्च सफलता मिल्नुका साथै कल्पना र भावना केन्द्रित हुने तथा आत्मरतिमा भुलिने समय छ । तर अहिले जुनसुकै कुरामा अरूले के भन्दैछन् भनी चासो दिनु राम्रो हुन्छ । व्यस्त रहनुपर्ने समय छ । तर सहकर्मीको साथ पाउनाले दिन सजिलै बित्नेछ । मिहिनेतको परिणाम पनि राम्रै रहनेछ । बेलुकीपख रोमान्टिक र चञ्चल मनस्थिति बन्नसक्छ । प्रेमभाव प्रकट गर्न अनुकूल समय छ । पार्टनरको इच्छानुसार चल्नुपर्दा कार्यक्षेत्रमा समस्या आउने भएकाले महत्त्वपूर्ण काम बेलैमा गरिहाल्नु ठीक हुनेछ ।
बृश्चिक
खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ । तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । दैनिक काममा जीवनसाथी र सन्तानको सहयोग जुट्नेछ, तर ससाना कुरामा पनि बहस र विवाद हुने दिन हो, सचेत हुनुपर्छ । प्रतिस्पर्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तयारी गरेको राम्रो हुन्छ ।
धनु
बाल्यावस्थाका मित्रहरू, आत्मीयजन वा छोराछोरीसित सम्पर्क वा भेटघाट हुने तथा रामरमाइलोमा सरिक हुने दिन हो । भावना र इच्छाहरूको कदर हुनेछ । लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो । परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मेहनत गर्नु ठीक हुन्छ । भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ । जस्तै चुनौतीपूर्ण काम भए पनि सफलता मिल्नेछ, परीक्षा र प्रतिस्पर्धामा विजय प्राप्त हुने दिन हो ।
मकर
सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन । थकानको अनुभूति हुने अथवा घरायसी विषय वा प्रेम सम्बन्धको तनावले कार्यक्षेत्रमा प्रभाव पर्न सक्ने दिन हो । शंकालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । भावनाप्रधान दिन हो, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । स-साना कुरा र विषयमा झैझगडा र विवाद हुने लक्षण छ । त्यसैले तनाव र बोझलाई धैर्यताका साथमा व्यवस्थापन गर्ने दिन हो ।
कुम्भ
कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ । त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ । हर्षित हुने समाचार आउने छ । सानो प्रयासले मात्र भाग्य बढ्ने समय छ । त्यसैले मेहनत गरेर आम्दानीका मार्ग सुधार्न सकिने छ ।
मीन
आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । पति पत्नीमा एक किसिमको समझदारी कायम हुने दिन हो । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । आफ्नो शब्द र वचनले कसैको मन नदुखोस् भन्ने कुरामा ख्याल राख्ने समय हो, किनकी राम्रो वचनको मूल्य धेरै हुन्छ, तर दुर्वचन मूल्यहीन हुन्छ, तर यसबाट अमूल्य सम्बन्धमा आघात पुग्न सक्छ ।