Harsamaya
देशको अवस्था थप बिग्रिन नदिन विकल्पमा जानुपर्छ -  राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  अध्यक्ष राजेन्द्र लिङ्देनले ।

सुदूरपश्चिम - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्था थप बिग्रिन नदिन विकल्पमा जानुपर्ने बताएका छन् । 

पार्टीले आज धनगढीमा गरेको प्रदेशस्तरीय विरोधसभामा उनले देशले अब यही परिस्थिति थेग्न नसक्ने भन्दै नयाँ समझदारी गर्न आवश्यक रहेको धारणा राखे । 

नेता मोटाउँदै जाने र जनता दुब्लाउँदै जाने अहिलेको अवस्थाले देश निरन्तर ओरालो लागेको अध्यक्ष लिङ्देनको जिकिर थियो ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update