Harsamaya
टोखामा गोली चलाएर प्रहरीले पक्रयो भारतीय सुटर 
सांकेतिक तस्वीर:हर समय/Har Samaya

काठमाडौं - काठमाडौंको टोखामा आइतबार प्रहरीले गोली प्रहार गर्दै फरार अभियुक्त गुड्डु पटेललाई पक्राउ गरेको छ ।

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएर पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीले अहिले पटेललाई उपचारका लागि अस्पताल पुर्‍याएको जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पटेल साढे दुई वर्षअघि जोरपाटीमा गोली हानी हत्या गरिएका लाल मोहम्मद हत्या प्रकरणमा संलग्न सुटर हुन् । 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update