इटालीका लिजेण्ड गोलकिपर बुफोन काठमाडौंमा

काठमाडौं - इटालीका लिजेण्ड गोलकिपर गियानलुइगी बुफोन काठमाडौं आइपुगेका छन् । बुफोन सोमबार हुने केपी ओली कपको फाइनल खेलका लागि विशेष अतिथिको रूपमा सहभागी हुन काठमाडौं आएका हुन् ।
सोमबार दशरथ रंगशालामा हुने फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब भिड्दै छन् । आयोजक राष्ट्रिय युवा संघले बुफोनलाई अतिथिको रुपमा काठमाडौं ल्याएको हो ।
४७ वर्षीय बुफोनले इटालीका लागि १७६ खेल खेलेका छन् भने इटालीलाई २००६ को विश्वकप जिताउँदा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१ १६:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय