Harsamaya
एमालेको सचिवालय बैठक आज बस्दै
नेकपा एमालेको सचिवालय बैठक ।

काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

बैठक अपरान्ह २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिएका छन् । 

उक्त बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ । सत्ता–सहकार्यमा रहेको नेपाली कांग्रेस कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् । 

आफैँले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महसुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको बुझिएको छ । सरकारमै रहेको दलहरूले अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।
 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update