Harsamaya
मुलुकलाई समृद्ध बनाउन वर्तमान सरकार - उपप्रधानमन्त्री सिंह
उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंह ।

काठमाडौं - उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वमार्फत मुलुकलाई समृद्ध बनाउन वर्तमान सरकार गठन भएको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सिंहले पटक-पटक सरकार परिवर्तन हुँदा जनतामा निराशा उत्पन्न भएको र विकास निर्माणका काम समेत प्रभावित भएकाले राजनीतिक स्थायित्वमार्फत मुलुकलाई समृद्ध बनाउन वर्तमान सरकार गठन भएको बताएका हुन् । 

उनले कमी कमजोरीहरूलाई पहिचान गर्दै जनतालाई विश्वास दिलाएर अघि बढ्ने धारणा राखे । सिंहले अधिकारको कुरा मात्रै गरेर नहुने भन्दै सबैले आफ्नो दायित्व र जिम्मेवारी बुझ्नुपर्ने बताए । 

उनले सहकारीप्रति देखिएको नकारात्मक भाष्यलाई चिर्नका लागि सहकारीहरूले नै स्वच्छ रूपमा आफ्नो गतिविधि अघि बढाउनुपर्ने बताए । 

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update