अमेरिका र युक्रेनबीचको वार्ताले धेरै पाठ सिकायो- महासचिव पोखरेल
-1739799408.png)
काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिका र युक्रेनबीचको वार्ताले धेरै पाठ सिकाएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदो रहेछ भन्दै रुस र युक्रेन दुवैले युद्ध अन्त्यका लागि ठूलो मूल्य चुकाउनु पर्ने अवस्था देखिएको बताएका छन् ।
साथै उनले अमेरिकाको पछिल्लो रणनीतिले अबको एसिया नै भूराजनीतिको द्वन्द्वको केन्द्र बन्न सक्ने संकेत गरेको बताएका छन् ।
<>
प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१ ११:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय