Harsamaya
केपी ओली एफसी र मछिन्द्र सेमिफाइनलमा भिड्दै
केपी ओली कप

काठमाडौं - काठमाडौंमा जारी केपी ओली कपको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ ।

दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीसँग मछिन्द्र क्लब भिड्दै । 

आयोजक केपी ओली एफसीले न्यूरोड टिमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो भने मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

यसअघि शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।

अब त्रिभुवन आर्मीले फाइनलमा आयोजक केपी ओली एफसी र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्ने छ ।  प्रतियोगिताको फाइनल खेल आगामी सोमबार हुँदैछ ।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update