Harsamaya
बालेनको स्ट्याटसप्रति एमाले महासचिवको जवाफ - महानगरमा अधिकृत किन जान मान्दैनन् ध्यान दिनू?
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र एमाले महासचिव शंकर पोखरेल ।

काठमाडौं - काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित स्ट्याटस लेखेपछि नेकपा एमाले महासचिव शंकर पोखरेलले टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको देखिन्छ तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान नपुगेको भन्दै बालेनको ध्यानाकर्षण गर्न खोजेका छन् । 

साथै उनले सरकारले विशेष व्यवस्था गरेर भएपनि महानगरमा अविलम्ब कार्यकारी अधिकृत पठाउनुपर्ने बताउँदै कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्ने उल्लेख गरेका छन् ।

<>

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  २२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update