Harsamaya
बालेनको प्रधानमन्त्री ओलीलाई अर्को कटाक्ष- मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !
प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ।

काठमाडौं - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फेरी एक पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् ।

बालेनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीलाई आफूलाई हराउने ताकमा देशलाई नडुबाउन आग्रह गरेका छन् ।

उनले भनेका छन्- 'प्रधानमन्त्रीज्यू , भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ, हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे ! मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !!'

बालेन र प्रधानमन्त्री ओलीबीच पछिल्लो लामो समयदेखि नै जुहारी चलिरहेको छ । बालेनले गिरिबन्धु टि-स्टेट जग्गा प्रकरणमा ओली दोषी रहेको बताउँदै आएका छन् भने सरकारमा रहेर महानगरलाई सहयोग नगरेको आरोप समेत लगाउँदै आएका छन् ।

<>    

 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  २२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update