Harsamaya
नेपाल–जापान फ्रेन्डसिप समिटबाट दुई देशको सम्बन्ध अझ विस्तार हुने - प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५मा । 

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका छन् । 

उक्त समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सरकार–सरकार र जनता–जनताबीचको लामो सम्बन्ध अब आयात–निर्यातमा पनि विकसित हुन थालेको समेत बताए । 

प्रधानमन्त्री ओलीले दुईदेशबीच मित्रताबाहेक अरु केहि नरहेको जिकिर गरे । समस्यारहित दुई देशीय सम्बन्ध तथा विकासको साझेदारीलाई सूचना प्रविधिको सहयोगमा उचाइका साथ अगाडि बढाउने उनले बताए । 

उद्यमशीलता प्रवद्र्धन र व्यवसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपालअन्तर्गतको समूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थ ल्भिायेले आयोजना गरेको फ्रेन्डसिप समिटमा सहभागी हुन जापानी टोली नेपाल आएको हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update