Harsamaya

काठमाडौं - बीएम क्रिएशन को प्रस्तुति "यो हाम्रो साथ" नामक संगीतमय कथा भिडियो सार्वजनिक भएको छ। चर्चित जोडी सृजना सुवेदी र विवेक पंगेनी को प्रेमकथासँग मेल खाने कथावस्तु समेटिएको यो म्युजिक भिडियो प्रेमी जोडीका लागि विशेष आकर्षण बनेको छ।

यो भिडियोमा नवीन कुमार पौडेल र बेनिशा पौडेल को सुमधुर स्वर, पूरण राउत को हृदयस्पर्शी शब्द, तथा कार्की जी को सुमधुर संगीत सुन्न सकिन्छ। भिडियोको निर्देशन बिक्रम दाहाल ले गरेका छन् भने सम्पादन सन्दीप मोथे ले गरेका छन्।

अभिनयमा समीप निरौला र चर्चित टेलिसिरियल "सक्किगोनि" की अभिनेत्री सुरक्षा इतानी को दमदार अभिनय रहेको छ। कथा तथा छायांकन सन्देश मोथे को रहेको छ भने भिडियोको निर्माण मञ्जु शर्मा ले गरेकी हुन्।

संगीतप्रेमी दर्शकका लागि यो भिडियो बीएम क्रिएशन को युट्युब च्यानलबाट उपलब्ध छ। प्रेमभावनाले भरिएको यो म्युजिक भिडियोले नेपाली सांगीतिक दुनियाँमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update